काठमाडौं । झापा दमकका ४३ वर्षीय दिनेश सिग्देलको हत्या गरेको अभियोगमा उनकी कान्छी श्रीमतीसहित २ जना पक्राउ परेका छन् ।
सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनलाई सहयोग गरेको अभियोगमा विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार वैदेशिक रोजगारीबाट २० पुसमा फर्किएका सिग्देललाई दुई दिनपछि कान्छी श्रीमतीकै संलग्नतामा हत्या गरिएको खुलेको हो ।
कान्छी श्रीमतीको योजनमा २२ पुसको साँझ साढे ५ बजे सिग्देलकै कोठामा घाँटी थिचेर हत्या गरिएको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार भण्डारीसँग मिलेर हत्या गरेपछि ग्लेन्डर मेसिन र खुकुरीको प्रयोग गरेर शवलाई टुक्राटुक्रा पारेर टेम्पोमा धरान लगिएको देखिएको छ ।
शव धरानमा लगेर व्यवस्थापन गरेको झण्डै दुई महिनापछि गत साता धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र उनको टाउको र त्यसको भोलिपल्ट त्यहीँ शरीर भेटिएको थियो ।
शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश नं. १ प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट), जिल्ला प्रहरी कार्यालय, सुनसरी र इलाका प्रहरी कार्यालय, धरानले अनुसन्धान गरेको थियो ।
सिग्देलले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको वराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ वर्षीया छोरी छन् ।
सिग्देलकी जेठी श्रीमती भने दमकको चुलाचुलीमा बस्छिन्।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’