पोखरा। प्रेस चौतारी नेपालको आसन्न नवौ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थाबारे आयोजक कमिटीको तर्फबाट सुरक्षा व्यवस्थापन उपसमितिले कास्कीका सुरक्षा संयन्त्र प्रमुखहरुसँग छलफल गरेको छ ।
सम्भावित सुरक्षा चुनौती र महाधिवेशन स्थलसहित समग्र पोखरा क्षेत्रमा त्यसअवधिभर सुरक्षा दृष्टिकोणले उच्च सर्तकता बढाउन कास्कीका सिडिओ जयनारायण आचार्य, सहायक सिडिओ अनिल शाही, एसपी रमेश थापा, डिएसपी सुन्दर तिवारी, बैदाम डिएसपी चुनीमाया तामाङ र जिल्ला ट्राफिक प्रमुख अमृतबहादुर बस्नेतसँग उपसमिति संयोजक एवं चौतारी केन्द्रीय सदस्य एमबी आस्था मगरले प्रारम्भिक छलफल गरेका हुन् ।
छलफलमा जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ जयनारायण आचार्यले महाधिवेशनमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे । कार्यक्रम स्थल र बाहिरी क्षेत्रको सुरक्षा व्यवस्थापनमा प्रशासनबाट सहयोग गरिने सिडिओ आचार्यले प्रतिबद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी रमेश थापाले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई यहाँको स्थानीय नियमबारे पूर्व जानकारी गराउन सुझाव दिए । महाधिवेशनलाई भयरहित वातावरणमा सम्पन्न गराउनु प्रहरी प्रशासनको पनि दायित्व भएको सुनाउँदै पोखरा बाहिर ग्रामीण इलाकामा घुम्न जान चाहने प्रतिनिधिले जानकारी दिएर जान आग्रह गरे । जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख अमृतबहादुर बस्नेतले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नहरने प्रतिबद्धता जनाए ।
सुरक्षा व्यवस्थापन उपसमिति संयोजक एमबी आस्था मगरले प्रहरी प्रशासनसँगको समन्वयमा सुरक्षा प्रबन्ध व्यवस्थित बन्नेमा आफू विश्वस्त रहेको सुनाए । छलफलमा आकस्मिक समन्वय उपसमिति संयोजक एवं प्रेस चौतारी कास्कीका सहसचिव ईश्वर देवकोटाले महाधिवेशनलाई व्यवस्थित र सभ्य रुपमा सम्पन्न गर्न जिल्लाका सुरक्षा संयन्त्रहरुको सहयोग अनिवार्य आवश्यक रहेको बताए ।
प्रेस चौतारी नेपालको नवौं महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा हुँदै छ । खुला तथा बन्द सत्रका कार्यक्रम सभागृह हलमा आयोजना हुनेछन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो