मोवाईल पसल फुटाई चोरी गरेको आरोपमा गोरखाका एक युवकसहित २ जना पक्राउ

मोवाईल पसल फुटाई चोरी गरेको आरोपमा गोरखाका एक युवकसहित २ जना पक्राउ

arrest

सांकेतिक तस्विर

काठमाडौं । बिशालनगर -४ स्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा जिल्ला गण्डकी नगरपालिका -५ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ बस्दै आएका २४ वर्षीय शुरेस गिरी र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका-५ घर भइ काठमाण्डौ बुढानिलकण्ठ बस्दै आएका २२ वर्षीय गणेश क्षेत्री रहेका छन् ।

उनीहरुले पसलको झ्याल फुटाई गत माघ १८ गते राति पसलमा रहेका बिभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, १ थान गितार र २५ थान स्मार्ट घडी गरी करिब १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए।

घटनाको जानकारी पश्चात महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले गरेको अनुसन्धानबाट उनीहरूलाई काठमाडौं चोरीका सामान सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ८ थान सिलप्याक मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान स्मार्ट घडी, १ थान गितार, १ थान पावर बैंक र १ थान आईआर नाईट भिजन समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ