नवलपुरको कावासोतीबाट लागु औषधसहित तनहुँका एक किशोर पक्राउ

नवलपुरको कावासोतीबाट लागु औषधसहित तनहुँका एक किशोर पक्राउ

नवलपुर ।    जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागु औषध सहित एक किशोरलाई पक्राउ गरेको छ।

कावासोती नगरपालिका वडा नं -१६ चालिसकिलोबाट लागु औषध नुर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनारगन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल लागु औषधसहित तनहुँ जिल्ला ब्यास नगरपालिका -९ निवासी १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार बिहान ना ६ ख ४२१५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्नेक्रममा बसमा सवार ती किशोरको साथबाट उक्त परिमाणको लागूऔषध वरामद भएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ