पाेखरामा शिवरात्रीमा चक्कू प्रहार गरी युवककाे हत्या गर्ने ३ जना पक्राउ

पाेखरामा शिवरात्रीमा चक्कू प्रहार गरी युवककाे हत्या गर्ने ३ जना पक्राउ

pakrau-lamagaun

पोखराकाे माैजामा  चक्कु प्रहार गरी युवकको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेकाे छ।

महाशिवरात्रिको अवसरमा पोखरा महानगरपालिका-२० स्थित मौजामा स्थानीय क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा लामडाँडाका ३५ वर्षीय चोकेन्द्र गुरुङमाथि चक्कू प्रहार भएकाे थियाे । फागुन १९ गते बिहान १ बजेको समयमा चक्कु प्रहार हुँदा घाइते उनकाे उपचारकै क्रममा मनिपालमा मृत्यु भएकाे हाे ।

घटनामा संलग्न लामडाँडाका २९ वर्षीय प्रकाश गुरुङ, पोखरा -१३ लामाखेतका २५ वर्षीय निशान गुरुङ र पोखरा २० लामाखेतका ३० वर्षीय डिल बहादुर गुरुङ भनिने प्रिमसलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds