पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ ।
क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ कोषाध्यक्षमा अमर बहादुर केसि र क्षेत्रीय सदस्यमा बिश्णु प्रदाद शर्मा, राजेश्याम कोईराला डिलमाया गुरुङलाई मनोनयन गरेको छ ।
बैठकले क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्ष १५ सदस्यीय कार्यसम्पादन समिती समेत गठन गरेको क्षेत्रीय सचिव सरोज केसिले जानकारी दिए ।
बैठकले क्षेत्रीय पदाधीकारी सहित र अन्य सात सदस्य लाई कार्यसम्पादन समितीमा मनोनयन गरेको छ । सदस्यहरुमा सन्तोष तिवारी, सन बहादुर गुरुङ, मोती कुमार क्षेष्ठ, गणेश बिक, भोजराज ओझा, विष्णु प्रसाद शर्मा र डिलमाया गुरुङलाई रहेका छन् ।
कास्की क्षेत्र नम्बर १ मातहतका ३० बटा वडा कार्यसमिती कार्यालय र २ ओटा गाँउपालिका कार्यलयलाई चैत्र ५ गते एकै दिन स्थापना गर्ने निर्णय गरेको केसिले बताए । पार्टीको जागरण अभियानलाई सफल बनाउन चैत्र १२ आमसभ गर्ने निर्णय समेत गरेको सचिव केसीले बताए ।
बैठकमा महानगरका उपसभापती प्रयाग राज भण्डारी, क्षेत्री उपसभापती द्धय कृष्ण कोईराला, दुर्गा सुवेदी सचिव द्धय सरोज केसि, ओम प्रकास गुरुङ, काग्रेस रुपा गाँउपालीका अध्यक्ष बिमल बाबु न्यौपाने र मादि गाँउपालिका अध्यक्ष यम बहादुर गुरुङ सहित ३० ओटै ईकाई सभापतीहरुले पार्टीको जागरण अभियान र निर्वाचनलाई सफल बनाउन लाग्ने बताए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै