एमालेले कम्तिमा ६० प्रतिशत स्थानीय तहमा जित्छः अध्यक्ष ओली

एमालेले कम्तिमा ६० प्रतिशत स्थानीय तहमा जित्छः अध्यक्ष ओली

oli

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

आज (मंगलबार) काठमाडौँमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गरेका हुन् ।

उनले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्नेमा पनि जोड दिए । ‘हामीले यसको बैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन, हामी हिड्न, अगाडी बढ्न, चुनाव लड्न र मज्जाले जित्न सक्छौं, हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा निर्वाचन जित्न सक्छौं,’ उनले भने, ‘सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौं, त्यस अनुसारको तयारी गरौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ