अर्जुन थापा । कोरोना संक्रमणका कारण विगत दुई वर्ष प्रतिवन्धबीच छिटफुट रुपमा होली मनाइएपनि यस वर्ष भने पोखरामा धुमधामसँग मनाइएको छ।
बिहीबार पोखराको मूख्य पर्यटकीय क्षेत्र लेकसाइड होलीको रङ्ग सँगै रंगिन बनेको छ। लेकसाइडमा होली खेल्नका लागि पोखराका विभिन्न स्थानसहित छिमेकी जिल्ला तनहुँ र स्याङ्गजाबाट समेत युवा युवतीको भीड लागेको थियो। पोखराको हल्लनचोकदेखि तालबाराही चोकसम्मको सडक होलीको रङ्गले रङ्गिएको थियो। स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै स्कर्टिङ र ठाउँ-ठाउँमा कडा चेक जाँच गरेको थियो।

होली पर्वलाई नै लक्षित गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले लेकसाइडमा होली महोत्सवको आयोजना गरेको थियो। महोत्सवमा विदेशी पर्यटकहरुले समेत नेपाली तथा विदेशी पर्यटकसँग आपसमा रंग दल्दै होली मनाएका थिए। नेपालीहरुले लगाइदिएको रंगलाई पर्यटकहरुले हार्दिकतापूर्वक ग्रहण गर्दै शुभकामना आदानप्रदान गरिरहेका देखिन्थे।

यता, होली पर्वलाई लिएर पोखरामा सवारी चेक जाँचमा कडाई गरिएको कास्कीका प्रहरी प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले गण्डक न्युजलाई बताए। प्रवक्ता तिवारीका अनुसार होलीकै कारण अहिलेसम्म अप्रिय घटना नघटेको र केही मापसे गरेर सवारी चलाएका चालकको हकमा सवारी नियन्त्रणमा राखिएको उनले जानकारी दिए।







सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो