गण्डकीमा १०८ जनाको परीक्षण गर्दा कास्कीका थप २ जनामा कोरोना पुष्टि

गण्डकीमा १०८ जनाको परीक्षण गर्दा कास्कीका थप २ जनामा कोरोना पुष्टि

covid-19-corona

पोखरा।      पछिल्लो २४ घण्टामा गण्डकीका थप २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शुक्रबार संक्रमण पुष्टि हुने दुई जनानै कास्की जिल्लाका हुन्। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट थप १७ जना कोरोना मुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ४६१ पुगेको छ। भने, गण्डकीमा हाल ४५ सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४६६ रहेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds