अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ जना कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र हरिप्रसाद गौतम सहित नौ जना विरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध २०७५ मंसिर, २०७६ साल कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त निवेदनबारे अनुसन्धान हुँदा उक्त सवारी चालक अनुमतिपत्रको परीक्षामध्येबाट विभिन्न मितिमा संचालन भएको विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरवदल गरिएको पाईएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यमा पौडेलसहित तत्कालीन समयमा सोही कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौँ भरतराज काफ्ले, अधिकृतस्तर सातौँ प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौँ डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौँ होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौँ भरतमणि बराल समेतको संलग्नता रहेको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ।

सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो