नवलपुर । आदिवासि जनजाति महासंघको केन्द्रीय अध्यक्षमा गोल्जेन लामा शेर्पा निर्वाचित भएका छन् ।
नवलपुरको कावासोतीमा बिहीबार राति सम्पन्न चुनावमा आफ्नो प्रतिद्वन्दि सोनाम लामा वालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी भएका हुन् ।
शेर्पाले ४४ मत प्राप्त गर्दा वालुङ्गले ८ मत प्राप्त गरेका छन् ।
यस्तै, महासचिवमा सुखवीर थामीलाई हराउँदै दिवश राई निर्वाचित भएका छन् । राईले ३६ मत प्राप्त गर्दा थामीले १५ मत गरेका छन् ।
बुधबारदेखि सुरु भएको महासंघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अन्य पदाधिकारी भने निर्विरोध चयन गरेको छ ।
जस अन्तर्गत वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, खुल्ला उपाध्यक्ष युवराज जिरेल, ध्यानी उराँव, क्षेत्र बहादुर थकाली, गम्भीर सिं गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा (ढोक्या) लहरु जिमी, श्रुती कुमाल चयन भएका छन् ।
यसैगरी, उप–महासचिवमा रामकृष्ण लामा ब्लोन, सचिव खुल्लामा मङ्गलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, महिला सचिवमा ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा विमल सारु मगर र सह–कोषाध्यक्षमा रिदार नोसाङ्ग भोटे निर्वाचित भएका छन् ।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह