पोखरा । पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले आयोजना गर्ने प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा कार्यक्रमको तयारी तिव्र पारिएको छ ।
आगामी १३ देखि १८ गते सम्म तमु धिं नेपालमा आयोजना हुने उक्त महापूजाको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
समाजका अध्यक्ष धर्मगुरु डा. श्रीलामाले कोरोना भाईरसको महामारीका कारण मृत्युवरण गर्नेहरुको आत्मा शान्तिका लागि नेपालमै पहिलो पटक कांग्युर वाचन महापूजा आयोजना गर्न लागेको बताए । उनका अनुसार १ सय ३ ठेलीको ग्रन्थ ६ दिनमा सकिने लक्ष्य राखिएको छ ।
उनले हरेक दिन धर्म देशना, ग्रहशान्ति, र पितृपूजा हुने बताउदै बौद्धमार्गी मात्रै नभइ अन्य धर्मावलम्वीहरु समेत पूजामा भाग लिन सक्ने बताए । ‘हामै देशमा जन्मेका बुद्ध दर्शनको महत्व देशमा भन्दा अन्य मुलुकमा छ, उनले भने, ‘ त्यसैले बुद्ध दर्शन बारे पनि जानकारी दिने हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ ।’ उनले बुद्ध दर्शनको कमी कै कारण मुलुकमा हत्या तथा हिंसा भैरहेको धारणा राखे ।
६ दिन सञ्चालन हुने सो पूजामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । भने नेपालका विभिन्न स्थानमा रहेका बौद्ध धर्मगुरुहरुको उपस्थिति रहने छ । गण्डकी प्रदेशको राजधानीमा महापूजा सकिएसँगै देशको अन्य प्रदेशमा पनि महापूजाको कार्यक्रम तय गरिसकेको आयोजकले जनाएको छ । आइतबार विहान ८ बजे देखि सुरु हुने सो महापूजाको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’