पोखरा । अन्नपूर्ण गाउँपालिका १०/११ मा रहेको जनप्रेमी आधारभुत विद्यालयलाई ब्रेज मेश्रो घान्द्रुक समाज जापानले आर्थिक सहयोग गरेको छ ।
जिर्ण रहेको विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो ।
समाजका पूर्व अध्यक्ष बुद्धि गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर विक, प्राध्यानाध्यापक बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुङलाई संकलित सो रकम हस्तान्तरण गरे ।
रकम ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक बाबुराम सापकोटाले सहयोगको लागि धन्यवाद प्रकट गरे । उनले विगतमा समेत घान्द्रुकबासीले उक्त विद्यालयको संरक्षणकै लागि सहयोग गर्दै आएको स्मरण गर्दै उदाहरणीय कार्य गरेको धारणा राखे ।
उनका अनुसार उक्त विद्यालयमा हात ८० विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षकले अध्यापन गराउदै आएका छन् ।
यसैगरी घान्द्रुक समाज जापानका पूर्व अध्यक्ष बुद्धि गुरुङले आफ्नो गाउँको विद्यालयलाई सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले सो विद्यालयको संरक्षणका लागि मात्र नभई सिङ्गो गाउँ विकासको लागि सबैव सहयोग जुटाउने बचव दिए ।
यसअघि सो विद्यालयकै लागि घान्द्रुक समाज हङकङ, घान्द्रुक समाज बेलायत र घान्द्रुक समाज पोखराले आर्थिक सहयोग गरिसकेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै