बागलुङको निसिखोलामा जीप दुर्घटना, चालक पौडेलको मृत्यु

बागलुङको निसिखोलामा जीप दुर्घटना, चालक पौडेलको मृत्यु

nisikhola-acci

तस्बिर : शिव संगम केसी (बुर्तिवाङ)

बागलुङ। बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाको साथै अर्का एक घाइते भएका छन्।

मंगलबार साँझ अन्दाजी ७ बजेको समयमा निसीखोला गाउँपालिकाबाट बुर्तिवाङतर्फ जाँदै गरेको लु १ च ९४८० नंवरको जीप निसीखोला -२ खाँडुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा प्रहरी प्रवक्ता इकवाल हवाडीले गण्डक न्युजलाई जानकारी दिए।

हवाडीका अनुसार मृत्यु हुनेमा जीपका चालक तथा जीप धनी बुर्तिबाङ निवासी ४७ वर्षीय ऋतुवर्ण पौडेल रहेका छन्। उनको घटनास्थलमा नै ज्यान गएको हो भने, दुर्घटनामा अर्का एक जना सुरेश थापा घाइते भएका छन्। उनको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रवक्ता हवाडीले जानकारी दिए।

उनका अनुसार दुर्घटनाको कारण थाहा भइसकेको छैन। घटनास्थलमा अहिले प्रहरीको टोली जाँदै गरेको प्रवक्ता हवाडीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ