बेनीमा पार्किङमा राखिएका दुई वटा गाडीमा आगजनी

बेनीमा पार्किङमा राखिएका दुई वटा गाडीमा आगजनी

jaleko gadi

म्याग्दीकाे बेनी नगरपालिका–६ डम्बरामा पार्किङ गरी राखिएका दुई वटा गाडीमा आगजनी भएको  छ ।

बेनी–दरवाङ सडक खण्डको डम्बरामा सडक छेउमा पार्किङ गरी राखेका ध १ ज ९८६ नम्बरको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा बिहीबार बिहान अन्दाजी ४ बजे अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ । यी दुवै गाडी बुधबार साँझ ७ बजे सोही स्थानमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ७ बजे सडक छेउमा पाकिङमा रहेको ट्याक्सीलाई बेनीदेखि तातोपानीतर्फ जाँदै गरेको भ्यानले पछाडिबाट ठक्कर दिँदै अगाडि नालीमा खसेको थियो ।

दुर्घटनाग्रस्त गाडीलाई स्थानीयले नालीबाट झिकेर सडक किनारामा राखिदिएका थिए भने प्रहरीले चालकको मदिरा सेवन गरे/नगरेको परीक्षणगरी मानवीय क्षति नभएका कारण दुवै गाडीका धनीलाई मिलापत्र गराइ पठाएको थियो । चालक समेत रहेका दुवै गाडी धनी डम्बराकै स्थानीय हुन् । तर, बिहीबार बिहान ४ बजे अज्ञात समूहले दुवै गाडीमा आगो लगाएको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रहेका प्रहरी निरीक्षक विरेन्द्र गुरुङले घटनाको प्रकृति अस्वभाविक र रहस्यमय देखिएकोले थप अनुसन्धान गरिरहेकाे बताएका छन् । सवारी साधनमा आगलागी गर्ने ब्यक्तिहरुको पहिचान भएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ