पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताएका छन् । पोखरा २२ स्थित वडा स्तरिय कृषि संजालले बिहीबार आयोजना गरेको कृषि सामाग्रीवितरण गर्दै मन्त्री बरालले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताएका हुन् ।
परम्परागत कृषि प्रणालीले निर्वाहमुखी मात्र हुने हुदाँ कृषिलाई समय अनुसार प्रविधिको प्रयोग गरी कृषिबाटै व्यावसायीक हुने अबस्था सृजना गर्न सकिने उनको भनाई थियो । प्रदेश सरकारले बाजो जमिनलाई कसरी हुन्छ पुनः खेतिवाली गर्ने गराउने वातावरण सृजना हुने कुनै बिषेश कार्यक्रम ल्याउन चाहेको समेत मन्त्री बरालले बताए । बाजो जग्गामा खेतिगर्ने हरुलाई सरकारले प्रोत्साहन स्वरुप केही अनुदानको कार्यक्रमः समेत ल्याउने तयारी गरेको उहाँले खुलासा गरे । नेपालमा रहेका बाजो जग्गामा खेतिवाली गरे अबौं रुपैयाँको आयात हुने खाद्यपदार्थलाई रोक्न सकिने मन्त्री बरालको भनाई थियो ।
वडा स्तरिय कृषि संजालपोखरा २२ ले स्थानिय किसानलाई कृषि सामाग्री (टनेल प्लाष्टिक, असिना छेक्ने जाली, लहरेवालीमा थाक्रोको लागि फलामको पाइप) वितरण कार्यक्रममा ५० जनालाई प्लाष्टिक, २० जनालाई फलाम र २० जनालाई जाली सहयोग गरिएको संजालका अध्यक्ष खेमराज बरालले बताए । पोखरा महानगरपालिका वडा नम्बर २२ को ५ लाख रुपैया सहयोग र लाभान्वित किसानबाट संकलन गरिएको थप एक लाख गरी ६ लाखमुल्य बराबरको कृषि सामाग्रि हस्तान्तरण गरिएको सचिवधुर्व बरालले बताए ।
पोखरा २२ का वडा अध्यक्षमित्रलाल बरालले पोखरा २२ का स्थानियहरुमाथप कृषि सामाग्रि मागभएमाजोहो गर्ने बताए । उनले आगामी बजेटमा कम्तिमा १५ प्रतिशत कृषिमा बजेट विनियोजन गर्नुपर्ने बताए । कार्यक्रममा पोखरा २२ का वडा सदस्य मात्रिका प्रसाद बराल, अर्को सदस्य चेतभत्त बराल, जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, वडा सचिव राम प्रसाद पौडेल, शुक्रराज माविका प्रध्यानाध्यापक नरनाथ बराल, संजालका सदस्य उमकान्त बराल लगायतले कृषि प्रबद्र्धनको लागि कम्तिमा १५ प्रतिशत बजेटको व्यबस्था हुनुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह