अर्जुन थापा । पेट्रोलियम पदार्थको मूल्य अनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै पेट्रोलियम ढुवानीकर्ता व्यवसायीहरूले पेट्रोलियम पदार्थको आयात, बिक्री तथा वितरणमा रोक लगाएपछि पोखरामा अहिले इन्धनको अभाव देखिएको छ ।
व्यवसायीहरुले सार्वजनिक यातायातमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्नुपर्ने भन्दै आयात, बिक्री तथा वितरणमा रोक लगाउने भएसँगै पोखरामा पेट्रोलियम पदार्थको अभाव देखिएको हो।
पेट्रोलियम पदार्थको अभाव हुने त्रासमा पोखरामा शुक्रबार दिउँसैदेखि पेट्रोल पम्पहरुमा तेल भर्न सर्वसाधारणको लाइन लागेको छ। शनिबार बिहानसम्म पोखराको मालेपाटनस्थित ‘कालिका फ्युल स्टेशन’ मा तेल भर्न झन्डै १ किलोमिटर लामो सवारीको लाइन लागेको थियो। यस्तै चाउथे, बुद्धचोक, बिरौटा र सिमपानीको पेट्रोल पम्पहरुमा पनि तेल भर्नेहरुको लामो लाइन लागेको थियो।

त्यसो त पोखरामा खाना पकाउने एलपी ग्यास सिलिन्डरको पनि केहि समय अघिदेखि अभाव हुँदै आएको छ। पोखराको गलेश्वरस्थित खाद्यान पसलका होलसेल बिक्रेता ‘रोका किराना’ पसलका संचालक तील बहादुर रोकाका अनुसार विगत एक महिनादेखि पर्याप्त मात्रामा ग्यास सप्लार्यसले ग्यास दिएका छैनन्। उनी भन्छन् – “ग्यासको मूल्य बढेको छैन भनेर के गर्नु सप्लायर्सले २-४ वटा ग्यास दिन्छन् त्यती ग्यास कतिजनालाई पुर्याउनु ?” यस्तै पोखरा अमरसिंह चोकमा रहेको एक खाद्य पसलका संचालकको गुनासो पनि उस्तै छ। “बरु कती बढाउने हो बढाए हुन्थ्यो, ग्राहकले हामीलाई लुकायो भन्छन् सप्लार्यसले हामीलाई छैन भन्छ” उनी दुखेसो पोख्छन्। उनका अनुसार शुक्रबार इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नयाँ मूल्य पठाएको भन्दै संचार माध्यममा समाचार आएपछि सर्वसाधारण झनै त्रसित भएका छन्। आइओसीले पठाएको नयाँ मूल्य अनुसार खाना पकाउने ग्यास सिलिन्डरमा मात्रै २७३.३८ पैसा बढाएर आएपछि यसपटक ग्यासमा चर्को मुल्यवृद्धि हुने त्रासका कारणपनि शुक्रबार साँझबाट पसलमा ग्यास खोज्ने ग्राहकको संख्या बढेको उनको बुझाई छ।
इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य अस्वाभाविक बढेको छ। निगमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो मूल्य सूची अनुसार निगमलाई एक महिनामै १० अर्ब रुपैयाँ घाटा हुने छ ।
तस्बिर : भुवन मगर
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै