गण्डकीका ७ जिल्ला कोरोनामुक्त, आइतबार कास्कीमा ४ संक्रमित थपिए

गण्डकीका ७ जिल्ला कोरोनामुक्त, आइतबार कास्कीमा ४ संक्रमित थपिए

covid-19-corona

पोखरा।    पछिल्लो २४ घण्टामा गण्डकीका थप ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १७७ जनामा गरिएको नमुना परीक्षणमा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा कास्कीका ४ जना छन् । आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९९० पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप २ जना संक्रमणमुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५१७ पुगेको छ।

गण्डकीका ११ जिल्ला मध्ये अहिले कास्कीमा ४ जना, पर्वतमा एक जना, बाग्लुङमा एक जना र म्याग्दी जिल्लामा एक जना गरी प्रदेशभर ७ जना सक्रिय संक्रमित छन्। भने, अन्य सबै ७ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।

कोरोना संक्रमणका कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ