‘हिमालय रोडिज सिजन–४’ को उपाधि नसिव तामाङलाई

‘हिमालय रोडिज सिजन–४’ को उपाधि नसिव तामाङलाई

Nasiv

काठमाडौँ । ‘हिमालय रोडिज सिजन–४’ को उपाधि नसिव तामाङले जितेका छन् । सोमबार राति प्रसारण भएको ग्राण्ड फिनालेमा अर्का फाइनलिस्ट रोशन श्रेष्ठलाई पछि सार्दै नसिवले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको स्कुटर र ट्रफी प्राप्त गरे। प्रतिस्पर्धाका लागि लिइएको फाइनल टास्कलाई सबैभन्दा कम समयमा पूरा गरेपछि उनलाई विजेता घोषित गरिएको हो।

तीन महिना अघिदेखि सुरु भएको हिमालय रोडिजको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्णायकमा रेमन श्रेष्ठ, अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र पहिलो संस्करणका विजेता समन श्रेष्ठ थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ