आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।
नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ।
यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगन्जमा आयोजना भएको थियो । प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले खेलस्थल छनोट, पूर्वाधार अनुगमन तथा प्रशिक्षणलगायत केही तयारी सुरु गरेपनि त्यतिबेला रोकिएको थियो ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा कूल ३५ खेल सञ्चालन हुनेछन् । यस वर्षदेखि लोकदोहोरी तथा लोक नृत्यलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्न प्रस्ताव गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राखेपमा प्रस्ताव पठाएको छ ।
पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल,हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा खेलाउने योजना छ ।
यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला/पुरुष) बाग्लुङ, कराँते (महिला/पुरुष) लमजुङ, टेवलटेनिस (महिला / पुरुष) मुस्ताङ, कवड्डी, कुस्ती र खोखो (महिला/पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला/पुरुष) गोर्खामा खेलाउने योजना छ ।
यसैगरी बास्केटबल (महिला/पुरुष) तनहुँ, बुद्धिचाल (महिला/पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला/ पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला/पुरुष) स्याङ्जा र फेन्सिङ(महिला/पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको बुझिएको छ । यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोक दोहोरी तथा लोक नृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ ।
राष्ट्रिय खेलकुदका लागि पोखरामा सुटिङ, पौडी पोखरी, हक्की बाहेकका पूर्वाधार तयारी अवस्थामा छन् । सुटिङ र पौडी पोखरीका लागि राखेपले निर्माण प्रक्रिया अघि बढाएको बताइन्छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालू आवमा राखेपबाट १६ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ ।
प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी खेल सङ्घहरुलाई खेल सामग्री उपलब्ध गराउन रु ५) लाख बजेट विनियोजन गरेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह