पोखरा २२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञको अन्तिम तयारी पूरा भएको छ ।
पुम्दीकोटकोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने महायज्ञको अन्तिम तयारी पूरा भएको शुक्रबार पुम्दीकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुक्तानी गर्नको लागि पनि पुनः दोश्रो पटक महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
परिमार्जित परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए ।
४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालय लगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए ।
उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए । ९ दीन चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ भने उक्त महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने भएको अध्यक्ष बरालले बताए ।
मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने भएको समितिले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिने भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । यस अघि २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको समितिले जनाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’