पोखरा । एडस रोग नियन्त्रण संघ कास्कीले स्थापनाको रजत वर्षलाई विविध कार्यक्रमका साथ सम्पन्न गर्ने भएको छ।
संघले रजत वर्षको सन्दर्भमा राधाकृष्ण विद्याश्रम लामेआहालमा रहेका वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेर अभियानको शुरुआत गरेको छ।
संघले उपलब्ध गराएको झण्डै २५ हजार बराबरको दैनिक उपभोग्य सामग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष प्रेम लिगलले संस्थाप्रति धन्यवाद ज्ञापन गरे। लिगलले सामाजिक संघसंस्थाको सहयोग नै आश्रमका गतिविधि सञ्चालनका मुख्य श्रोत रहेकाले समय समयमा आश्रमलाई सम्झन आग्रह गरे।
सो अवसरमा आश्रमकातर्फबाट संघको सहयोगका लागि धन्यवाद ज्ञापनसहित सम्मानसमेत गरिएको थियो।
आश्रममा आश्रित १०३ वर्षकी वृद्ध मानकुमारी श्रेष्ठलाई प्रमुख अतिथि बनाएर वृद्धवृद्धाको आशीर्वाद लिएर संस्थाको जीवन्तता यस्तै दीर्घ रहन सकोेस् भन्ने अभिप्रायले वृद्धाश्रमबाट कार्यक्रम शुरु गरेको अध्यक्ष विश्वमोहन गौचनले बताए।
संघले वर्षभरि समय अनुकुल विविध कार्यक्रमका साथ रजत वर्षलाई पूरा गर्ने र अबको कार्यक्रम बालबालिकालाई स्टेशनरी सामग्री हस्तान्तरण गर्ने रहेको पनि संस्थाले जनाएको छ।
स्मरण रहोस् २५ वर्ष अगाडि स्थापना भएको संस्थाको संस्थापक अध्यक्षका रुपमा रहेर नेतृत्व गर्दै आएका विश्वमोहन गौचनकै नेतृत्वमा उक्त संस्था चलायमान हुँदै आएको छ। एडस रोग नियन्त्रण संघले लक्ष्मी, प्रतिबद्धतालगायतका टेलिचलचित्र र सचेतना गीत निर्माण गरी समुदायमा एचआइभी र एडसका बारेमा सचेतना छर्दै आएको छ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो