गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरा आइपुगेको छ । शनिबार पाेखरामा एक शैक्षिक कार्यक्रम गरी विद्यालयको भावी योजना, गुणस्तरीय शिक्षा र विद्यालयले शैक्षिक अवस्थाको बारेमा जानकारी गराएकाे हाे । गुणस्तरीय शिक्षाका लागि दैनिक लाखैं विद्यार्थी विदेश पलायन भइरहेको बेला अन्तराष्ट्रिय विद्यार्थीको गन्तव्य बनाएको दाबी गर्दै विद्यालय व्यवस्थापन टिम देश दौडाहमा हिँडेको छ । यसअघि विद्यालयको अवस्थाको बारेमा जानकारी दिँदै चितवन, भैरहवा, बुटवल पुगिसकेको छ ।
पोखराबाट पनि केही विद्यार्थीहरुको रोजाइमा स्कुल परेको छ । पोखराबाट अमर गुरुङले आफ्नो छोरी ए लेभल पढ्दै गरको बताए । उनले आफू छोरीको प्रोगेस देखेर खुसी भएको सुनाए । ‘विद्यालयले सुधार गर्नुपर्ने पनि धेरै छन् । तर, जसरी विद्यालयले गुणस्तरीय शिक्षा दिन खोजेको छ । यसमा अभिभावको आँखाले म खुसी छु,’ अभिभावक गुरुङले भने ।
स्कुलका अध्यक्ष इञ्जिनियर डा. ई. मिथिलेस कुमार झाले गुणस्तरीय शिक्षाको खोजीमा विदेशीनुपर्ने बाध्यता हटाउन स्कुल स्थापना गरिएको बताएका छन् ।
विद्यालयका प्रिन्सिपल केशर खुलालका अनुसार पोखराबाट विद्यार्थीहरु विद्यालयमा अध्यापन गर्न पुगेको बताए । उनका अनुसार विद्यालयमा ७७ जिल्लाबाट विद्यालयमा अध्यान गर्न पुगको सुनाए । ‘भवन फाइभ स्टार होटलको जस्तो छ । भवनबाहिर विद्यार्थी खेल्न धेरै खुला ठाउँ छ । खेलकुदका मैदानहरु छन् । फुटबल, बास्केटबल, लनटेनिसका मैदान र कोर्टमात्रै होइन अन्तराष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न स्कुल सञ्चालन भएको छ,’ उनले भने ।
भौतिक संरचनामा मात्रै नभई गुणस्तरीय व्यावहारिक शिक्षामा आफूहरुको जोड रहेको उनी बताउँछन् । भारतबाट समेत विद्यार्थी आएर अध्यान गर्न आएको उनले सुनाए । ‘विद्यार्थीको अध्यानमा कुनै कप्रोमाइज गरका छैनौं । अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिइरहेका छौं । यसका लागि दक्ष र अनुभव शिक्षक तथा कोअर्डिनेटर हुनुहन्छ,’ उनले भने, ‘विद्यार्थी पढ्ने कक्षा कोठा फराकिला, उज्याला र सुविधासम्पन्न छन् ।
नेपाल टुरको इभेण्टस् म्यानेजमेन्ट ड्रिम हाइ नेपालले गरेको छ । पोखरामा स्थानीय व्यवस्थापन प्रतिक ईभेण्ट्सले गरेको हो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो