विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरा आइपुगेको छ । शनिबार पाेखरामा एक शैक्षिक कार्यक्रम गरी विद्यालयको भावी योजना, गुणस्तरीय शिक्षा र विद्यालयले शैक्षिक अवस्थाको बारेमा जानकारी गराएकाे हाे । गुणस्तरीय शिक्षाका लागि दैनिक लाखैं विद्यार्थी विदेश पलायन भइरहेको बेला अन्तराष्ट्रिय विद्यार्थीको गन्तव्य बनाएको दाबी गर्दै विद्यालय व्यवस्थापन टिम देश दौडाहमा हिँडेको छ । यसअघि विद्यालयको अवस्थाको बारेमा जानकारी दिँदै चितवन, भैरहवा, बुटवल पुगिसकेको छ ।
पोखराबाट पनि केही विद्यार्थीहरुको रोजाइमा स्कुल परेको छ । पोखराबाट अमर गुरुङले आफ्नो छोरी ए लेभल पढ्दै गरको बताए । उनले आफू छोरीको प्रोगेस देखेर खुसी भएको सुनाए । ‘विद्यालयले सुधार गर्नुपर्ने पनि धेरै छन् । तर, जसरी विद्यालयले गुणस्तरीय शिक्षा दिन खोजेको छ । यसमा अभिभावको आँखाले म खुसी छु,’ अभिभावक गुरुङले भने ।
स्कुलका अध्यक्ष इञ्जिनियर डा. ई. मिथिलेस कुमार झाले गुणस्तरीय शिक्षाको खोजीमा विदेशीनुपर्ने बाध्यता हटाउन स्कुल स्थापना गरिएको बताएका छन् ।
विद्यालयका प्रिन्सिपल केशर खुलालका अनुसार पोखराबाट विद्यार्थीहरु विद्यालयमा अध्यापन गर्न पुगेको बताए । उनका अनुसार विद्यालयमा ७७ जिल्लाबाट विद्यालयमा अध्यान गर्न पुगको सुनाए । ‘भवन फाइभ स्टार होटलको जस्तो छ । भवनबाहिर विद्यार्थी खेल्न धेरै खुला ठाउँ छ । खेलकुदका मैदानहरु छन् । फुटबल, बास्केटबल, लनटेनिसका मैदान र कोर्टमात्रै होइन अन्तराष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न स्कुल सञ्चालन भएको छ,’ उनले भने ।
भौतिक संरचनामा मात्रै नभई गुणस्तरीय व्यावहारिक शिक्षामा आफूहरुको जोड रहेको उनी बताउँछन् । भारतबाट समेत विद्यार्थी आएर अध्यान गर्न आएको उनले सुनाए । ‘विद्यार्थीको अध्यानमा कुनै कप्रोमाइज गरका छैनौं । अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिइरहेका छौं । यसका लागि दक्ष र अनुभव शिक्षक तथा कोअर्डिनेटर हुनुहन्छ,’ उनले भने, ‘विद्यार्थी पढ्ने कक्षा कोठा फराकिला, उज्याला र सुविधासम्पन्न छन् ।
नेपाल टुरको इभेण्टस् म्यानेजमेन्ट ड्रिम हाइ नेपालले गरेको छ । पोखरामा स्थानीय व्यवस्थापन प्रतिक ईभेण्ट्सले गरेको हो ।
सम्बन्धित समाचारः
अन्तर्राष्ट्रिय स्तरको काठमाडौं वर्ल्ड स्कूलको पोखरामा शैक्षिक अन्तरक्रिया
सम्बन्धित खबर
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
मिस मगर नेपाल–२०२३ का प्रतियोगीका लागि प्रशिक्षण सुरु
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि