स्याङ्जाको वालिङमा आज जीप दुर्घटनामा परी मृत्यु हुने ५ जनाको नाम वतन खुलेको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीय शर्मिला सारु, उनका ६ महिनाका छोरा र वडा नं १४ का ६५ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।
जीप दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका १२ डाँडाखर्क बस्ने ६० वर्षीय अंग बहादुर दाला, ५५ वर्षीया माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुमपोखरा तर्फ गुडेको ग १ ज ७३९९ नम्बर जीप आज बिहान १० बजेतिरको समयमा दुर्घटनामा परेको थियो । सडकबाट झण्डै २०० मिटर तल जीप खसेको प्रहरीको भनाई छ ।
घाइते सबैको अवस्था गम्भिर रहेको र थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन