तस्बिर : महानगरीय अपराध महाशाखा काठमाण्डौ
काठमाण्डौ। ६६ करोड बढी प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बित्तिय बिनिमय निर्देशन आदेश बिपरित क्रिप्टोकरेन्सीको कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले क्रिप्टोकरेन्सीको अबैध कारोबारमा सक्रिय रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड नगरपालिका -१ घर भइ हाल काठमाण्डौ -१६ सोह्रखुट्टे बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका -१ घर भइ काठमाण्डौ -१७ क्षेत्रपाटि बस्दै आएका २४ वर्षीय दिपेश थापा र काठमाण्डौ -१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन्।
महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गर्दै आएकोमा उनी एक्लैले ३५ करोड ४६ लाख रुपैँयाभन्दा धेरैको कारोबार गरेको जनाएको छ । प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।
यस्तै, दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ । प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।
पक्राउ परेका राहुल चाचानले भने पछिल्लो एक बर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाईन मौज्दात रहेको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले दैनिक पाँच हजार देखि ५० हजार सम्म USDT को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु विभिन्न हाइपर फन्ड लगातयका अनलाईन प्लेफर्महरुमा इन्भेष्ट लगानी गर्नुका साथै व्यापरिक प्रयोजनका सामाग्रीहरु बिदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत् क्रिप्टोकै रुपमा भुक्तानी गर्दै आएका थिए। साथै उनीहरुले अबैध क्रिप्टो कारोबारका लागि पहिचान गोप्य राखी अन्य सयौ जना व्यक्तिहरु प्रयोग गरेर उनीहरुका नाउँमा बैंक खाता र BINANCE Account खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टोको कारोबार गर्न प्रोत्साहित गर्दै आएको जनाएको छ ।
पक्राउ परेका तीनैजना माथि बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
बारामा गोली हानी भारतीय युवकको हत्या
पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ
अशक्त २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि