नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । ३० वैशाखमा हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
महानगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा एक महिलासहित तीन जनाको नाम र उपमेयरमा २ महिलासहित ३ जनाकाे नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेदवारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ ।
यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजित गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए । त्रिपाठी अहिले अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन् ।
‘गबठन्धनसँग छलफल भैरहको छ । यहाँ कसले टिकट पाउने टुंगो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै लड्नु परे पनि तयारी अवस्थामा रहेका हौँ ।’ सत्तारुढ गठबन्धन कास्कीमा पनि हुने निर्णय यसअघि नै भैसकेको छ । तर गठबन्धनभित्र सहमति भने भएको छैन ।
पोखरामा एकीकृत समाजवादीले दाबी गरेको छ । तर कास्की कांग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ । काठमाडौंमा आज बसेको गठबन्धन दलहरूको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन ।
सम्बन्धित खबर
कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ