गण्डकी प्रदेश सरकारको निर्णयविरुद्ध संक्रामक तथा सरुवा रोग अस्पताल, पोखराका निवर्तमान अध्यक्ष र सदस्यहरू अदालत पुगेका छन् ।अवधि पूरा नहुँदै बर्खास्त गरेको र पुनबर्हाली माग्दै बर्खास्तीमा परेका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेल र सदस्यहरूले उच्च अदालत पोखरामा रिट दर्ता गराएका छन् ।
उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकीलाई विपक्षी बनाएर सोमबार रिट दर्ता गराएका हुन् । ‘हामीलाई तीन वर्षलाई नियुक्त गरिएको थियो । एक वर्ष पनि नपुग्दै हटाएपछि हामी अदालत गएका हौँ,’ पदमुक्त पौडेलले भने । गत १६ वैशाखमा तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको समितिले प्राडा पौडेलको नेतृत्वमा व्यवस्थापन समिति बनाएको थियो ।
रिटको प्रारम्भिक पेसी मंगलबारलाई तोकिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । एमाले सरकार हुँदा नियुक्त चारै जनालाई कांग्रेस नेतृत्वको गठबन्धन सरकारले हटाउने नियतका साथ प्रकृिया पूरा गर्नका लागि गत १८ चैतमा काममाथि प्रश्न उठाएर स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रदेश सरकारको २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरा २६ मोहरियास्थित अस्पताल व्यवस्थापन समिति अध्यक्ष पौडेललाई पदबाट हटाउने निर्णय गरेको थियो ।
सदस्यहरू मेजर रामप्रसाद गुरुङ, सूर्यकुमारी बञ्जरा र डा. ध्रुव अधिकारीलाई सम्बन्धित स्वास्थ्य मन्त्रालयले हटाएको थियो । डेढ महिनाअघि प्रदेश सरकारले नै यो अस्पताललाई काेभिडकालमा राम्राे काम गरेकाे भन्दै पुरस्कृत गरेको थियो ।
पौडेललाई हटाएको भोलिपल्टै २५ चैतमा प्रदेश सरकारले माओवादीनिकट पोखराकै रविमोहन भण्डारीलाई अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको छ । यो निर्णय प्रदेश सरकारले सार्वजनिक गरिसकेको छैन ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह