पोखरा । पर्यटकीय क्षेत्र पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ८४ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत बुधबारसम्म ८४ लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।
महायज्ञको चौथो दिन करिब ७ लाख रुपैया मात्र संकलन भएको समितिले जनाएको छ । बुधबार महायज्ञमा पोखरा २२ की रमा बरालबाट २ लाख ५१ हजार प्राप्त भएको छ । त्यसै गरी पोखरा २२ कै तोया देवि बरालबाट ५० हजार ५५, स्थानिय लक्ष्मी प्रसाद बरालबाट ५० हजार १ रुपैया प्राप्त भएको आर्थिक उपसमिति सदस्य बरालले बताए ।
महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्। पोखराको पार्दी विरौटा(बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । बिहानः ९ः३० बजे, १०ः०० बजे, १०ः५० बजे, ११ः२० बजे, १२ः०० बजे र १२ः४० बजे पोखराको पार्दी देखि बस छुट्ने यातायात व्यबस्थापन उपसमिति संयोजक भानुभक्त बरालले बताए । त्यसै गरी पुम्दीकोट देखि पोखरा पार्दीसम्म दिउँसो २ः०० बजे, ३ः०० बजे, ४ः०० बजे र अन्तिम बस ५ः०० बजे छुट्ने भएको छ ।
दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेकोे उनले जनाए ।
बिशाल महादेवको मुर्ति परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । ४० करोडको उक्त परियोजना अन्र्तगत करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए । उक्त महायज्ञमा पोखरा र पोखरा आसपासका आमा समुह तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु उत्साहजनक रुपमा सहभागि हुने गरेको समितिले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु