पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका अबको साझा लक्ष्य समृद्धि रहेको भन्दै यसको प्राप्तिका लागि राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्बन्धित सबै एकजुट हुनुपर्ने बताएका छन् ।
लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’
लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले जारी गरेको सन्देशमा उल्लेख छ, ‘वैशाख ११ गते एक सामान्य दिन होइन । २०६२÷६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावले नेपालमा राजतन्त्रले घुँडा टेकेको दिन हो ।’
यहि दिन पुनस्र्थापना भएको संसदले नेपालमा गणतन्त्र स्थापना गरेको भन्दै उनले जसको फलस्वरुप अहिले हामी संघीय गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास गर्न पाएको बताएका छन् । लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै मुख्यमन्त्री पोखरेलले देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढे मात्र यो शासन व्यवस्था प्रभावकारी हुने उल्लेख गरेका छन् ।
उनले प्रक्रियामा रहेको स्थानीय तहको निर्वाचनका साथै यही वर्ष हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गर्न आग्रह समेत गरेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ