नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट, सय जना भन्दा बढीको मृत्यु

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट, सय जना भन्दा बढीको मृत्यु

bam bispot

काठमाडौँ । नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा सय जना भन्दा बढीको मृत्यु भएको छ। घटनामा थुप्रै घाइते भएका छन्।

नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ। बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

मारिनेमा अधिकांश अवैध रुपमा बिक्री गरिएको इन्धन किन्न लाइनबद्ध भएकाहरु रहेका छन्।

उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको जनाइएको छ। विष्फोटमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds