पोखराको मेयरमा नेपाली कांग्रेसका युवा नेता विमलबहादुर कार्कीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा कांग्रेसका मतदातालाई हँसिया हतौडामा, पोखरामा कलममा र गोरखामा आँखामा भोट हाल्न बाध्य पारेको विरुद्ध आफूले उम्मेदवारी दर्ता गराएको कार्कीले बताएका छन् ।
पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन्।
‘सिण्डिकेट लागू गर्यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने ?,’ उहाँले भन्नुभयाे, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’
कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्यो ? मिलेर पद बाँड्दा भैगो त,’ उनले थप्र, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ । मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’
कार्की नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्व सभापति हुन् । कुनै पनि दबाब र प्रभावमा आएर उम्मेदवारी फिर्ता नलिने कार्कीले जनाएका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’