पाेखरा महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेलको उम्मेदवारी १ नम्बरमा दर्ता भएको छ । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । दुवैजना पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेर मतदान गर्दै छन् । पाैडेलले सामाजिक सञ्जालमार्फत अाह्वान गरी नयाँ मतदाता अाफ्नाे प्रस्तावक र समर्थक रहने र इच्छुकमध्ये लक्की ड्र गरिने जनाएका थिए ।
उम्मेद्वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए ।
स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारी ले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । ‘यसमा युवाहरुको पनि चासो बढी रहेको छ । जित लगभग सुनिश्चित जस्तै छ,’ उनले भने ।
त्रिपक्षीय मत बाँडिने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको उनले सुनाए । हालसम्म पोखरामा मेयर पद सहित १७ जनाले अटेरी उम्मेद्वारी दिने घोषणा गरि सकेका छन् । अहिले मुख्य राजनीतिक दलका उम्मेदवारी बाहेक स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकाहरुले उम्मेद्वारी दर्ता गराई रहेका छन् ।
पाैडेल लेखक तथा स्तम्भकार पनि हुन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’