सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार चयन भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको साेमबार आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । आचार्य आफ्नै पूर्वपार्टी नेकपा एमालेका सहयात्रीसँग प्रतिस्पर्धाका लागि ३० वैशाखमा हुने चुनावको मैदानमा उत्रिएका छन् ।
काे हुन् धनराज ?
सत्तारुढ गठबन्धनका उम्मेदवार ५३ वर्षीय आचार्य नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसँगै कास्की जिल्ला अध्यक्ष हुन् ।
एमाले टुक्रिँदा माधव नेपाललाई साथ दिएका आचार्यको कम्युनिस्ट यात्राले चार दशक पूरा गरेको छ । २०२६ साल चैतमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्यले २०३९ सालमा विद्यालयमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका थिए ।
पोखरालाई गरिबीमुक्त, महानगरका कर्मचारीलाई जवाफदेही र जनतालाई कर तिर्न प्रेरित गर्ने वातावरण बनाउनेलगायत योजना धनराजका छन् । तर, चुनाव जितेर उनले आफ्ना योजना पूरा गर्न पाउँछन्–पाउँदैनन् त्यो जेठ पहिलो हप्तासम्म थाहा हुनेछ ।
विद्यार्थी राजनीतिमा लाग्नेहरुका लागि देशकै ठूलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पस (पीएन) आज पनि एउटा गतिलो खुड्किलो हो । यहाँ राजनीतिमा सक्रिय भएर निरन्तर हुनेहरु राजनीतिमा स्थापित हुन्छन्।
क्याम्पस पढ्न पृथ्वीनारायण क्याम्पस छिरेपछि उनको राजनीतिक हिँडाइको गति बढेको हो । २०४४ सालमा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटी पृथ्वीनारायण क्याम्पस पोखराबाट उनी अझ सक्रिय भएर कम्युनिस्ट आन्दोलनमा लागेका हुन् । त्यहीँबाट आचार्य राजनीतिमा अझ निखारिए । २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बने ।
विद्यालय, क्याम्पस, जिल्ला हुँदै २०४८ सालमा धनराज अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्ष चुनिए । २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बने । त्यही वर्ष उनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को पृथ्वीनारायण क्याम्पस कोषध्यक्ष बने । तीन वर्ष कोषाध्यक्ष बनेका उनी २०५१ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सभापति चुनिएका थिए । स्ववियुको जिम्मेवारी लिइरहँदा २०५० देखि २०५४ सालसम्म संगठनकै पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो