पोखरा । पोखरा महानगरपालिका सहित कास्कीका पाँच पालिकामा पनि उम्मेदवारहरूले मनाेनयन दर्ता गराएका छन् ।
पाेखरामा एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराए । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मेयर र कांग्रेसकी कोपिला रानाभाटले उपमेयरमा मनोनयन दर्ता गराए ।
कास्कीको मादी गाउँपालिकामा एमालेबाट शिवबहादुर गुरुङ (महेन्द्र) अध्यक्ष र कल्पना गुरुङ उपाध्यक्षकी उम्मेदवार भएकी छन् । कांग्रेसबाट अध्यक्षमा देवीजंग गुरुङले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसको उम्मेदवारी परेन । माओवादीका लालबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी हालेका छन् । काँग्रेसले कास्कीकाे पाेखरा बाहेकका स्थानमा गठबन्धन नगर्ने जनाएपनि कांग्रेस र माओवादीले मादीमा गठबन्धन गरेका हुन् ।
माछापुच्छ्रे गाउँपालिकामा एमालेबाट विक्रम गुरुङ र सीता तिवारी अधिकारी क्रमशः अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भएका छन् । कांग्रेसबाट मीन गुरुङ र सीता अधिकारीले क्रमशः अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
अन्नपूर्ण गाउँपालिकामा एमालेबाट विष्णु केसी अध्यक्ष र चन्द्रकला अधिकारी उपाध्यक्षकी उम्मेदवार छिन् । कांग्रेसले अध्यक्षमा युवराज कुँवरलाई फेरि उम्मेदवार बनाएको छ । उपाध्यक्षमा यसअघि पराजित खिमकुमारी गुरुङ उम्मेदवार भएकी छन् ।
रुपा गाउँपालिकामा एमालेले अहिलेकै अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङलाई दोहोर्याएको छ । कांग्रेसबाट गिमाया गुरुङ अध्यक्ष र नारायणप्रसाद श्रेष्ठ उपाध्यक्ष उम्मेदवार छन् ।
अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’