पोखरा । पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म संचालन भएको उक्त महायज्ञबाट सो रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए ।
महायज्ञको दशौं दिन (मंगलबार) मात्र करिब १५ लाख १९ हजार रुपैया संकलन भएको बरालले बताए । महायज्ञमा पोखरा १७ विरौटाका बिजय अधिकारी र तुलसी अधिकारीबाट १ लाख ८ हजार १ सय ८, पोखराका सनतकुमार श्रेष्ठबाट १ लाख १ हजार १ सय ११, पोखरा २२ लप्सिवोटका सौरवी पौडेल (सुर्य) बाट १ लाख १ सय ८, स्थानिय ढोरनाथ बरालबाट १ लाख रुपैया सहयोग प्राप्त भएको समितिले जनाएको छ । त्यसै गरी कालावाङ घरेडी पोखरा तमु समाजबाट ५७ हजार ७ सय ५५, पोखरा ६ बैदाम निवासी डा.सुवास बराल र राजु बरालबाट ५५ हजार ५ सय ५५, पोखरा ८ सिमलचौरका कृष्ण भुजेल र किरण भुजेलबाट ५५ हजार ५ सय ५५, पोखरा १७ निवासी दुर्गा पगेनीबाट ५१ हजार, अन्नपूर्ण ३ का कुशुम कुमार पौडेलबाट ५० हजार रुपैया महायज्ञको अन्तिम दिनमा सहयोग प्राप्त भएको आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।
वैशाख ४ देखि १२ गतेसम्म संचालन हुने भनिएको महायज्ञ दाताहरुको माग अनुसार एक दिन थप गरी १० दिनसम्म संचालन गरिएको समितिले जनाएको छ । महायज्ञको औपचारिक रुपमा समापन गर्दै समितिका अध्यक्ष चन्द्रकान्त बरालले महायज्ञ सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण दाता, स्थानिय, समितिका पदाधिकारी, शुभेच्छुक तथा मित्रजन तथा विभिन्न आमा समुह, क्लव सहितका विभिन्न संघ संस्थाहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। सौहार्दपूर्ण रुपमा महायज्ञ सम्पन्न भएसंगै अब बिशाल महादेवको मुर्ति निर्माण अभियान पुनः तिव्र गतिमा अघि बढाउने आफुहरुको योजना रहेको अध्यक्ष बरालले बताए । बिशाल महादेवका अपुरा कार्य पूरा गर्न महायज्ञले थप बल पुगेको उनले जनाए ।
महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका थिए । दोश्रो पटक आयोजना गरिएको महायज्ञमा पनि दाता र शिवका भक्तहरुको उत्साहजनक रुपमा सहभागिता रहेको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । दोश्रो महायज्ञबाट प्राप्त सहयोगलाई पारदर्शी ढंगले आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माणमा आफुहरुले जोड दिने उपाध्यक्ष हिमलाल बरालले बताए ।
सम्बन्धित खबर
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने