पोखरा, १४ वैशाख । पोखरा महानगरपालिका, वडा नं. ८ मा पुनः रुद्रनाथ बराललाई जिताउन अभियान सुरु भएको छ । सोमनाथ बराल संयोजक तोक्दै नेकपा (एमाले) वडा नं. ८ इकाई कमिटिको बुधबारको भेलाले ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
कमिटिको सहसंयोजकमा मुक्तिनाथ चालिसे, किरण गौतम र सपना कुँवर सापकोटा तथा सचिवमा दीपक घिमिरे र उपसचिवमा गिरीधारी अधिकारीलाई चयन गरेको छ । ५ वर्ष सफलतापूर्वक वडा हाँकिसकेका बराललाई पुनः नेतृत्व प्रदान गर्ने वडाबासीको चाहना रहेको संयोजक सोमनाथ बरालले बताए ।
उनका अनुसार शुक्रबारसम्ममा सम्पूर्ण उपकमिटिहरु गठन हुनेछन् । चुनाव हाँक्नका लागि आर्थिक, सांस्कृतिक, महिला परिचालन लगायतका कमिटि गठन गरिनेछ । वैशाख १८ गते, श्रमिक दिवसको दिनबाट उम्मेदवार परिचयात्मक तथा घरदैलो कार्यक्रम सुरु हुने संयोजक बरालले जनाए ।
पाँच वर्ष जनताको मन जित्ने गरी काम गरेका कारण पार्टीले पुनः रुद्रनाथ बराललाई पोखरा ८ को टिकट दिएको उनले बताए । वडा नं. ८ का लागि खुल्ला महिला सदस्य उम्मेदवारमा पवित्रा केसी, दलित महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्य उम्मेदवारहरुमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ रहेका छन् । उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङ पनि पोखरा ८ निवासी नै हुन् ।
एमाले पोखरा ८ अध्यक्ष अर्जुन श्रेष्ठले वडामा उम्मेदवारहरुलाई विजयी बनाउन र मेयर तथा उपमेयरमा वडाबाट बढी भन्दा बढी भोटका लागि वडाबासी सक्रिय रुपमा लाग्ने बताए ।
भेलामा अतिथिहरू गण्डकी प्रदेश कमिटि सदस्यहरू नरेन्द्र मित्रकोटी, ध्रुवराज पौडेल र प्रवेशचन्द्र उप्रेती, जिल्ला कमिटि सदस्य तथा वडा ईञ्चार्ज परशुराम बराल, जिल्ला कमिटि सदस्य एवं वडाका सहईञ्चार्जहरु डिल कुमारी पौडेल र रामु गुरूङ, महानगर कमिटि सचिवालय सदस्य, चेतन कार्की लगायतले यसपटक सबै सूर्य ध्वजाबाहक उम्मेदवारहरुको जीत सुनिश्चित रहेको बताए ।
कार्यक्रममा वडा इकाई सचिव दीपक घिमिरेले सञ्चालन तथा उपसचिव गोविन्द बरालले स्वागत गरेका थिए ।

२०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५ हजार ७ सय २४ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ६ हजार ७ सय ६४ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा भन्दा १ हजारभन्दा धेरै मतदाता बढेका छन् ।

पोखरा महानगरमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन १३ सय ४४ सदस्यीय महानगर चुनाव परिचालन कमिटि गठन भईसकेको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु