पोखरा । पत्रकार महिलाहरुको संस्था सञ्चारिका समूह नेपालको गण्डकी प्रदेश कमिटि अध्यक्षमा कविता श्रेष्ठ निर्वाचित भएकी छन् । पोखरामा भएको समूहको छैटौं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समूहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा अनिशा श्रेष्ठ, सचिवमा कविता घर्ती मगर र कोषाध्यक्षमा उमा आले मगर चयन भए ।
समूहको सदस्यहरुमा शोभा नेपाल, जुना थापा, अनिता घिमिरे, दीपा पौडेल, बिनिता सुनार, सोनु राना, सुरक्षा श्रेष्ठ, सुशिला अधिकारी, अनिषा नेपाली र देवी जिसी (म्याग्दी) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, पदेन सदस्यमा कला राना (स्याङ्जा), सम्झना रसाईली (तनहुँ), बसन्ता भट्ट (लमजुङ), बिष्णु गौतम (पर्वत) रहेका छन् ।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उच्च अदालत पोखराका न्यायाधिश श्रीधरा पुडासैनीले सञ्चारिका समूहलाई महिलाका सवालमा सशक्त भएर कलम चलाउन आग्रह गरिन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, नेपाल बारका केन्द्रिय सदस्य विनिता नेपाली, नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष विमला भण्डारी, सञ्चारिका समूह गण्डकीका पूर्व अध्यक्ष सुष्मा पौडेल, निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल, प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल लगायतले कोभिडको विषम परिस्थितिमा संचारिका समूहले खेलेको भूमिकाको चर्चा गर्दै पत्रकार महिलाहरुको क्षमता र दक्षता अधिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गर्न सुझाव दिएका थिए ।
समूहकी अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा महासचिव कविता श्रेष्ठको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमा आले मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै