पोखरा । फोहोरलाई मोहोर बनाउन ग्रिन भ्याली बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ग्रिन भ्याली रिसाईकल सञ्चालनमा ल्याएको छ । पोखरामा विगत २ वर्षदेखि फोहोर संकलन काम गर्दै आएको यो सहकारीले फोहोरलाई मोहरमा बदल्दै आएको हो ।
फोहोर व्यवस्थापनको दिगो समाधानको लागि स्रोतबाटै फोहोर वर्गीकरण गर्ने उद्देश्यका साथ आत्मसात संस्थाले टोल, समाज स्कुलहरुमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाका गोविन्द्र आचार्यले बताए । ‘पूरानो कपि किताबसँगै नयाँ ज्ञान साटौं हाम्रो नारा छ,’ उनले भने । उनले भने यसका लागि फ्रि डेलिभेरिको व्यवस्था छ । फोहोरमैला व्यवस्थापकनका विधि उपायहरुको बारेमा प्रयोगात्मक तथा सचेतनामूलक कार्यक्रम गर्ने उनको भनाइ छ ।
हाल पोखरा १६ अर्मलामा स.कलन केन्द्य्र रहेको छ । भने प्रशोधन केन्द्र्र सञ्चालनको तयारी गरिहेको छ । साथै पोखरा १ बगराबट बचत ऋण सुरुवात भएको छ । ‘पूराना टिन फताम तामा स्टिल आल्मुनियम कपि किताब, कागज, प्लास्टिक, बोतल, सिसा, इवेस्ट, लुगाफाटालाई उचित मूल्यमा लैजान्छौं ।
मासिक १० टन रिसाइकल गरेर घर, स्कुल पसल रिपार्टमेन्टल स्टोरबाट संकल भएको छ । तपाईंले पनि रिसाइकलएबल ओस्ट फोहोर दिनसक्नुहन्छ,’ आचार्यले भने । पोखरा प्लानेटोरिय एण्ड साइन्स सेन्टरको दृष्यवलोकनको लागि जिभिटी इसपेस टिकट उपलब्ध गराइने छ । टिकट मार्फत विद्यार्थीहरुले मिटर हाउस घुम्ने, प्लानेटियूम हेर्ने, साइन्स ल्याब हेर्ने, माइस्टाइर हाउसको अनुभवि सक्ने अवसर भएको उनले सुनाए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’