मुस्ताङको कागबेनी मोडमा माेरङका तीर्थयात्री चढेको बस पल्टँदा एक जनाकाे मृत्यु, दर्जन बढी घाइते

मुस्ताङको कागबेनी मोडमा माेरङका तीर्थयात्री चढेको बस पल्टँदा एक जनाकाे मृत्यु, दर्जन बढी घाइते

Mustang acc

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४, कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन गरी दिउँसाे ४ बजेतिर जोमसोम तर्फ फर्किदै गरेको बसले कागबेनी झर्दै गरेको ग ७ प ५७२ नम्बरको स्कुटीलाई अचानक ठक्कर दिदाँ बस अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खसेको थियो । बसकाे ठक्करबाट कागबेनीका ४५ वर्षीय मिङ्मार गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण आचार्यले माेरङकाे बिराटनगर महानगरपालिकादेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि आएको तिर्थालु सवार बस कागबेनीको दोश्रो मोडमा दुर्घटना भएको जानकारी दिए । बिराट महानगरपालिका, बुढी गंगा गाउँपालिका र वेलबारी नगरपालिकाका ३५ यात्रु लिएर बस मुस्ताङ आएको थियो ।

बस दुर्घटनमा ५८ वर्षीया कमला तिमिल्सिना, ६५ वर्षीय कुलबहादुर कुवर, ४० वर्षीया बिष्णुमाया न्यौपाने, ७३ वर्षीया दुर्गा नेपाल , ६८ वर्षीया ईन्दिरा न्यौपाने, ४५ वर्षीया पार्वती तिमिल्सिना, ३५ वर्षीया सरस्वती नेपाल, ११ वर्षीया दिलसा पौडेल,६५ वर्षीय गोकर्णबहादुर खनाल, ६० वर्षीया धर्मशिला खनाल, ६० वर्षीया उषा कोईराला र ३५ वर्षीया सुनिता तिमिल्सना गम्भिर घाईते भएको जिप्रका मुस्ताङका सूचना अधिकारी आचार्यले उल्लेख गरे । मुक्तिनाथ दर्शन गरी फर्किएको बसमा सवार ३५ जना यात्रु मध्ये १४ जना सामान्य घाईते भएका छन् ।

बस दुर्घटनापछि प्रहरी चौकी कागबेनी र जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको समन्वयमा दुर्घटनामा परी घाईते भएका यात्रुलाई मुस्ताङ जिल्ला अस्पतालमा पू¥याईएको छ ।

प्रहरीले घटना स्थलको चार किल्ला र दुर्घटना सम्वन्धि विवरण संकलन गरेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । तीर्थ यात्रु सवार बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस दुर्घटना परी घाईते भएका तिर्थ यात्रीको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा अस्पताल पुगेका थिए । प्रजिअ शर्माले दुर्घटना बारे मन्त्रालयलाई जानकारी गराईएको र थप उपाचारका लागि पोखरा लैजान परे आवश्यक पहल गर्ने बताए ।

यसअघि कागबेनी मुक्तिनाथ सडकको कागबेनी मोडमा दुई पटक बस दुर्घटना भएको थियो । सो स्थान दुर्घटनाकाे जाेखिम क्षेत्रको रुपमा लिईन्छ ।

समाचार/तस्वीरः सुन्दरकुमार थकाली र भिम रसाइलीकाे सहयाेगमा ।

अद्यावधिक गरिएकाे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ