पोखरा । बिहीबारको बिहान, उत्तरतर्फ भर्खर हिमाल टल्कन सुरु गरेको थियो । सडकमा सवारी कम सुनिन्थे । चिया पसलहरुमा स्थानीय तह निर्वाचन बारेको गफगाफ उम्लदैँ थिए ।
पोखरा १२ शितलदेवीस्थित नेकपा एमालेको वडा कार्यालयको सटर उघारिइसकेको थियो । माहौल निर्वाचनको छ । एमाले कार्यकर्ताहरु सूर्य अंकित झण्डासहित तयारी गर्दै थिए ।
आजदेखि नेकपा एमाले वडा कमिटि पोखरा १२ ले औपचारिक रुपमा मतदातासँग भेटघाटको थालनी गरेको छ । बिहान ७ नबज्दै कार्यकर्ता तथा शुभेच्छुकहरु घरदैलो कार्यक्रमकालागि जुटिसकेका थिए । स्थानीय तह निर्वाचनका लागि देखिएको उत्सुकता उनिहरुको ‘बडी ल्याङ्ग्वेज’ले प्रष्ट्याउँथ्यो ।

करिब ७ः३०मा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले कार्यक्रमको औपचारिक उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष गुरुङले कार्यकर्तालाई हौसला दिँदै भने,‘हामिले जित्ने निश्चित छ । प्रक्रियाका लागी मतदानमा सहभागी त हुनै पर्यो । सबैले सूर्यमा मतदान गरी एमालेका हाम्रा उम्मेदवारलाई विजय गराउनुहोला है ।’
सय बढी कार्यकर्ताको उपस्थितीमा वडाका उम्मेदवारहरु घर घर पुगेर मतदातालाई भेटे । युवा उम्मेदवार देखेपछिको चमक हरेक घर पुग्दा आएको प्रतिक्रियाबाट थाहा हुन्थ्यो । मतदाताहरु भन्थे,‘पार्टी जे भएपनि यसपाली त भोट देशभक्त बाबु र नानीहरुलाई नै हो ।’ हो, पोखरा १२बाट नेकपा एमालेले अध्यक्षमा युवा उम्मेदवार देशभक्त केसीलाई उठाएको छ । यसअघि उनि वडा सदस्य थिए । समाजका हरेक तह तप्कासँग नजिक रहेका केसी पोखरा १२ वासीका प्रिय छन् ।
अध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर(रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उम्मेदवार छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?