पोखरा । नेकपा एमाले वडा नं. ४ ले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको थालनी गरेको छ।
पाँचै जना उम्मेद्वारसहित कार्यकर्ताको टोलीले गणेश मन्दिरमा आशिर्वाद थापी घरदैलो कार्यक्रम शुभारम्भ गरेको हो । उम्मेद्वारहरुले गणेश टोल, सिद्धार्थ चोक, रामकृष्ण टोल, स्काउट भवन लगायतका ठाउँहरुमा घरदैलो तथा भेटघाट कार्यक्रमको थालनी गरेको हो ।
घरदैलो कार्यक्रममा बोल्दै वडा नं. ४ का वडा अध्यक्ष पदका उम्मेदवार मदन कुमार मुल्मीले नेकपा एमालेले अघि सारेको “समृद्व नेपाल, सुखी नेपाली“ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै समृद्व पोखरा वडा नम्वर ४, सुखी वडाबासी भन्ने मूलमन्त्रका साथ काम गर्ने बताए ।
साथै, उनले युवा जोश, अग्रजको सल्लाह अनुसार र वडा नम्बर ४ बासीको आवश्यकता र मागलाई सम्बोधन गरेर अगाडि बढ्ने आफ्नो प्रतिबद्धता रहेको उल्लेख गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नको लागि, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा सुधार ल्याउनको लागि, वडाको फोहोरमैलाको उचित व्यवस्थापन गर्नको लागि, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो रहनसहनको लागि, निरोगी वडा स्वस्थ वडाबासी बनाउनको लागि, मौलिक कला र संस्कृतिको संरक्षण गरी पर्यटनमा वृद्धि गर्नको लागि, संस्थागत सुदृढीकरण र संस्थागत विकास गर्नको लागि आफ्नो टीमलाइ वडाबासीले मतदान गर्नेमा विश्वस्त रहेको सुनाए ।
उक्त घर दैलो कार्यक्रममा सदस्य पदका उम्मेद्वारहरु सीमा कोइराला, अब्दुल हमिद, लक्ष्मी देवी पराजुली र कमला सिके लगायतले आसन्न निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई जिताउन घरदैलो कार्यक्रमको थालनी गरिएको र आफ्नो वडावासीको दुःख पीडालाई बुझेर सबैको भावनालाई समेटेर अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो