पोखरा । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ ।
आज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट स्टोरको उद्घाटन गरेका हुन् । भक्तपुरमा मुख्य कार्यालय रहेको यस सहकारीले देशको ३९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ ।
डिमार्टमेन्ट स्टोरको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष प्रजापतिले युवाहरुलाई स्वदेश मैं रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

त्यसैगरी, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशिल बानियाले पाँच वर्ष भित्रमा पाँचसय डिपार्टमेन्टल स्टोर्स देशभरी खोल्ने र युवाहरुलाई प्रमुख प्राथमिकताका साथ रोजगारी दिने दावी गरे । अध्यक्ष बानिया भने–‘अहिले पनि यस सहकारीले सातसय भन्दा बढि युवायुवतीलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरेको छ भने सर्वसाधारण जनतालाई सुपथ र सुलभ तरिकाले दैनिक आवश्यक सामाग्रीहरु उपलब्ध गराउँदै आइरहेको छ ।’
कार्यक्रममा कास्की जिल्ला कैं सबैभन्दा ज्येष्ठ ११२ वर्षकी वृद्ध आमा गौरी आचार्यलाई वरिष्ठ अतिथिको रुपमा निमन्त्रणा गरेर सम्मान गरिएको थियो । वि.सं. १९६६ चैत महिनामा कास्कीको धितालमा जन्मनु भएकी वृद्ध आमालाई शिखर अर्गनाईजेसन लि.का उपाध्यक्ष गीता शर्मा र प्रमुख अतिथि प्रजापतिले संयुक्त रुपमा सम्मान गरेका थिए ।
कार्यक्रममा उपकार मिडिया हाउस, टेक्नोडाउन प्रा.लि., डिजिटल शिखर कम्पनीका अध्यक्ष कल्स शर्मालाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा डिपार्टमेन्टल स्टोर्सकी कर्मचारी सुशिला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ