पोखरा । पोखरा १७, छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा आयोजित प्रथम फुड फेस्टिबल सम्पन्न भएको छ । गण्डकी स्तरकै सामुदायिक स्तरबाट सञ्चालित पहिलो होटल व्यवस्थापन बिषयमा अध्ययन हुने उक्त क्याम्पस तथा होटल व्यवस्थापन कार्यक्रमका विद्यार्थीहरुको व्यवस्थापनमा दुई दिन चलेको फेष्टिवल शनिबार समापन भएको हो ।
यसैबिच, गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उक्त क्यापस तथा फेष्टिवलको अवलोकन गरेका छन् । क्याम्पसमा राखिएका विभिन्न ५ वटा स्टलका खानाका परिकारको मन्त्री बरालले अवालोकन गरेका क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले बताए । क्याम्पस प्रमुख धर्मराज बराल, होटल व्याबस्थापनका इन्चार्ज आसिस पौडेल, होटल व्याबस्थापनका सहजकर्ता जितेन्द्र थापाले क्याम्पसको बारेमा तथा होटल व्याबस्थापनका बारेमा मन्त्री बराल समक्ष जानकारी गराएका थिए ।
उक्त फेष्टिवलमा स्वदेशी तथा विदेशी विभिन्न खानाका परिकारहरु, नृत्य प्रस्तुति, विविध मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, साहित्यिक कार्यक्रम, साथमा विविध प्रस्तुतिहरु रहेको क्याम्पसका प्रशासन प्रमुख ऋषिराम बरालले बताए । होटल व्याबस्थापनमा करिब १ सय ५० जना बिद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।
यसैबिच, सांसद बिद्या भट्टराईले समेत क्याम्पस तथा क्याम्पसमा आयोजित फेष्टिवलको अवलोकन गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?