पोखरा महानगरपालिका, वडा नं. ८ लाई महानगरका ३३ वडामध्ये नमूना वडा बनाइने प्रतिबद्धता अध्यक्षका उम्मेदवार रुद्रनाथ बरालले गरेका छन् । आफ्नो ५ वर्षे कार्यकाल सुशासनयुक्त रहेको भन्दै उनले वडामा बाँकी विकास निर्माणका कामहरुलाई अबको कार्यकालमा पूरा गर्ने वचनबद्धता पनि प्रकट गरे । नेकपा (एमाले) वडा नं. ८ इकाई कमिटिले आइतबार एक समारोहका बीच पोखरा ८ को प्रतिबद्धता पत्र सार्वजनिक तथा उम्मेदवार परिचयात्मक कार्यक्रम ग¥यो ।
सार्वजनिक प्रतिबद्धतामा पोखराको मुटुमा रहेको ८ नं. वडालाई समृद्ध र विकसित वडाको नमूना बनाइने उल्लेख छ । भित्री गल्लीसमेतको बाटोहरुमा अस्फाल्ट पिच, मूख्य सडक पृथ्वीचोकदेखि जिरोकिमिसम्म फ्लाई ओभर ब्रिजको लागि पहल, सडकहरुलाई फराकिलो, सम्पूर्ण टोलहरुमा सफा पिउने पानीको व्यवस्था, साइकल लेनको निर्माण, ट्राफिक लाइटको व्यवस्था, सडकहरुमा सिसिटिभी क्यामेरा जडान, फिर्के कोरिडोर निर्माण गरी हरियाली प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड लगायत उल्लेख छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी नेतृ एवं सांसद विद्या भट्टराईले वडा नं. ८ मा नेकपा एमालेको जीत सुनिश्चित रहेको बताइन् । उनले गठबन्धनले पोखरा ८ मा केही फरक नपर्ने भन्दै अहिलेसम्मको काम हेरेरै वडाबासीले बराललाई पुनः नेतृत्वमा पठाउने उल्लेख गरिन् ।
पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपानेले भाँचिएका बैशाखीको सहारामा एक्लो एमाले विरुद्ध भिडेका गठबन्धनको हालत वैशाख ३० पछि देखिने बताए । उनले जनमनको सिद्धान्त बोकेको राष्ट्रवादी पार्टी नेकपा एमालेको पक्षमा देशैभर जनलहर उर्लेको उल्लेख गरे ।
कार्यक्रमको अध्यक्षता गरेका एमाले पोखरा ८ का अध्यक्ष अर्जुन श्रेष्ठले वडामा उम्मेदवारहरुलाई विजयी बनाउन र मेयर तथा उपमेयरमा वडाबाट बढी भन्दा बढी भोटका लागि वडाबासी सक्रिय रुपमा लाग्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश कमिटि सदस्य नरेन्द्र मित्रकोटी, कास्की जिल्ला कमिटि सदस्य एवं वडा ईञ्चार्ज परशुराम बराल लगायतले यसपटक सबै सूर्य ध्वजाबाहक उम्मेदवारहरुको जीत सुनिश्चित रहेको बताए । उक्त अवसरमा पूर्णिमा कलाकार समूहका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उम्मेदवार रुद्रनाथ बराललाई पुनः जिताउन घरदैलो अभियान पनि सुरु भएको छ । सोमनाथ बराल संयोजक तोक्दैे एक भेलाले ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन भएको छ ।
पाँच वर्ष जनताको मन जित्ने गरी काम गरेका रुद्रनाथ बराल पुनः अध्यक्षको उम्मेदवार छन् । खुल्ला महिला सदस्य उम्मेदवारमा पवित्रा केसी, दलित महिला सदस्यमा लक्ष्मी बिक, खुल्ला सदस्य उम्मेदवारहरुमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ रहेका छन् ।
सम्बन्धित खबर
तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि