पोखराका वर्तमान मेयर मानबहादुर जिसीको वडा नं. २८ मा स्थानीय तह निर्वाचन नजिकिरहँदा घरदैलो कार्यक्रमलाई पनि तीव्रता दिइएको छ । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयर मञ्जुदेवी गुरुङको टोली आइतबार पोखरा २८ मा पुगेका छन् । मेयर उपमेयरसहित वडा अध्यक्ष बैनबहादुर गुरुङसहितको टोलीको परिचयात्मक कार्यक्रम वडाको माझठाना क्षेत्र र कालिका क्षेत्रमा शनिबार भएको छ ।
उक्त अवसरमा हालका वडा नं. २८ अध्यक्ष निर्मल दियालीले नेकपा एमालेको नेतृत्वमा वडामा भएका विकास निर्माणका कामहरुबारे बेलिविस्तार लगाए । वडाका चारै दिशाबाट जोडिएका सडकहरु अस्फाल्ट पिच हुने क्रममा रहेको भन्दै कामहरु धमाधम भइरहेको बताए । एमालेले गरेको ग्रामीण सडक विकास हेर्न पोखरा २८ मा आउन उनले सबैलाई अपिल पनि गरे । अब बाँकी काम बैनबहादुर गुरुङको नेतृत्वले गर्ने उनले सुनाए ।

मेयरका उम्मेदवार कृष्ण थापाले पोखरा २८ नं. वडामा द्रुततर विकास भएको भन्दै आफू मेयरमा निर्वाचित भएपछि स्वरोजगार र कृषिलाई ध्यानमा राखेर समृद्ध वडा बनाउन लागिपर्ने बताए । उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले महानगरपालिकामा जोडिएको नयाँ वडा भएकाले पनि आफ्नो कार्यकालमा निकै महत्व दिएको उल्लेख गर्दै यसपटक पनि २८ नं. वडाबासीले बढीभन्दा बढी मत दिएर विजयी बनाउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, एमाले गण्डकी उपसचिव रश्मी आचार्य, कास्की जिल्ला कमिटि अध्यक्ष मनबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

वडा नम्बर २८ मा एमालेका अध्यक्षका उम्मेदवार बैनबहादुर गुरुङ, सदस्यहरु वीरेन्द्र भण्डारी, प्रकाश दवाडी, राधिका पौडेल र सरु विश्वकर्मासहितले परिचय दिँदै आफूहरुलाई जिताउन आग्रह गरे । वडा कमिटी अध्यक्ष रामकृष्ण तिवारीका अनुसार घरदैलो कार्यक्रम तीब्रताका साथ भएको छ ।
बिहीबार आरुपाटामा भएको घरदैलो शुक्रबार काफलघारीमा गरिएको छ । साविक कालिकाको काफलघारी, तमलेक, चितेपानी, पिपलडाँलीमा वडा अध्यक्ष निर्मल दियालीसहितको टोलीले घरदैलो गरिएको सचिव ईश्वर अधिकारीले बताए । शनिबार साविक माझठानाको पात्ले, नौरु, बेतयानीमा उम्मेदवारसहित घरदैलो गरिएको हो ।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो