नेकपा एमालेको तर्फबाट रुपा गाउँपालिकाका उमेद्वारले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । रुपाका ७ वटै वडामा टोल तथा वडा कमिटी परिचाल गरेर उमेद्वारको घरदैलो अभियान जारी राखिएको अध्यक्षका उम्मेद्वार नवराज ओझाले जानकारी दिएका छन् । आइतबार अध्यक्ष उमेद्वार ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, वडा नं ३ अध्यक्ष दिपेन्द्र गौतमसहितको टोलीले वडा नं ३ का पिपलटार, ठाँटीथर, छापपाखा, जैउचौर र मोहोरियाटारमा घरदलौ गरेका छन् ।
अघिल्लो पाँच वर्ष भौतिक विकासमा फड्को मारेको रुपामा गाउँपालिकालाई अब आर्थिक, सामाजिक र मानवीय विकासमा अगाडी बढाउने वाचा गर्दै उमेद्वारले जनतासंग मत मागेका थिए ।
‘समृद्ध रुपा बनाउने अभियानमा छौं, अघिल्लो कार्यकाय बाटो, विद्यालय, खानेपानी, स्वास्थ्य क्षेत्रमा विकासका थुप्रै योजना सम्पन्न गरेका छौं, अब जनतालाई आर्थिक रुपमा मजबुत बनाउने र सबै हिसाबमा नेपाल कै नमुना गाउँपालिका बनाउन सूर्य चिन्हमा मतदान गरेर विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौं ।’ घरदैलोपछि कोणसभालाई सम्बोधन गर्दै अध्यक्षका उमेद्वार ओझाले भने ।
यसैगरी वडा नं ३ मा बृहत युवा ¥याली सम्पन्न भएको युवा संघ रुपा गाउँपालिका संयोजक उपेन्द्र गुरुङले जानकारी दिएका छन् । ¥याली पश्चातको कोणसभालाई सम्बोधन गर्दै वडा नं ६ अध्यक्षका उमेद्वार नारायण गुरुङले अघिल्लो कार्यकालमा थुप्रै काम सम्पन्न भएको उल्लेख गर्दै बाँकी अधुरा काम पुरा गर्न पुनः उमेद्वारको रुपमा मत माग्न जनताको घर दैलोमा आएको बताए ।
त्यस्तै गाउँपालिका अन्तरगत वडा नं ५ को काफल डाँडा, खडागाउँमा समेत घरदैलो अभियान सम्पन्न भएको छ । वडाअध्यक्षका उमेद्वार राजन खनालले वडा नं ५ भित्र बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका कामको मूल्याकंन गरेर मत दिन आग्रह गरेका छन् । उनले अघिल्लो पटकको निर्वाचनभन्दा बढी मतान्तरले आफूहरु विजयी हुने उनको दावी छ ।
‘वडासदस्य र कार्यवहाक वडाध्यक्षको रुपमा काम गर्दै जनताको घरघरमा पुगेर सेवा गर्ने अवसर पाएको छु, यहाँहरुको समस्यालाई नजिकबाट बुझ्ने अवसर मात्रै होइन, समस्यालाई सामाधान गरेका थियौैं, अब बाँकी काम र सपना पुरा गर्ने बाचा गर्छु ।’ खडागाउँमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने ।
रुपा गाउँपालिकामा सूर्य चिन्हका उमेद्वारलाई विजयी गराउन विद्यार्थी, युवाले अभियानकै रुपमा घरदैलो र मतदाता शिक्षा अगाडि बढाइरहेको अनेरास्ववियु कास्की जिल्ला सचिवालय सदस्य विवेक ओझाले जानकारी दिएका छन् । ‘मत माग्ने मात्रै होइन, भएका मतलाई सुरक्षित गर्दै बदर हुन नदिन विद्यार्थी र युवा परिचालन गरेर मतदाता शिक्षालाई अगाडि बढाइरहेका छौं ।’ उनले भने ।
सम्बन्धित खबर
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर