लेखनाथ । नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुखमा उमेदवारी दिएका कृष्ण थापाले विकासको सुरुआत साविक लेखनाथबाटै सुरु हुने बताएका छन् ।
सूर्य पूर्वबाट उदाए जस्तै पोखराको विकास समेत पूर्वी भेगबाट हुने थापाको भनाई थियो । पोखरा प्रवेश गर्ने प्रमुख मार्ग लेखनाथमा नै भएको र यहाँको विकास बिना पोखराको विकास सम्भव नभएको समेत थापाले दावी गरेका छन् । ‘पोखरामा निर्माणाधीन विमानस्थलको प्रवेश पनि लेखनाथ र यातायाताका साधान प्रवेश पनि पूर्व बाटो लेखनाथ नै भएकाले विकासको सुरुआत पनि लेखनाथबाटै हुन्छ ।’ थापाले भने ।
सोही अवसरमा प्रमुख पदका उमेद्वार थापले आफुले पाएको सेवा सुबिधा नलिने घोषणा गरेका छन् । ‘उक्त सेवा सुविधा आम नागरिकको सेवामा लगाउने छु ।’ थापाले भने । थापाले आफूले घोषणापत्र अक्षरता पालना गर्ने भन्दै अहिलेको गठबन्धन कागजको गठबन्धन भएको बताएका छन् ।
कार्यक्रममा उपमेयर पदका उम्मेदवार मञ्जुदेवी गुरूङले अबको जित एमालेको भएको र महिलाको हक हितको काम एमालेले मात्रै गर्ने सक्ने बताएकी छिन् ।
कार्यक्रममा नेकपा एमाले संगठन बिभाग प्रमुख खगराज अधिकारीले जसरी भए नेकपा एमालेलाई जिताउ सबै लाई अनुरोध गरेका छन् । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य पुष्प ज्योति ढुगांना लगायतले विकासको आधार एमाले भएको दावी गरे ।
कार्यक्रममा पोखरा २६ का वडा अध्यक्षका उमेद्वार सूर्यनाथ भण्डारी सदस्यमा धुर्व थापा, बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारको परिचय गरेका थिए । कार्यक्रममा नेकपा एमाले वडा २६ को वडा अध्यक्षले ५० बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?