लेखनाथ । नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुखमा उमेदवारी दिएका कृष्ण थापाले विकासको सुरुआत साविक लेखनाथबाटै सुरु हुने बताएका छन् ।
सूर्य पूर्वबाट उदाए जस्तै पोखराको विकास समेत पूर्वी भेगबाट हुने थापाको भनाई थियो । पोखरा प्रवेश गर्ने प्रमुख मार्ग लेखनाथमा नै भएको र यहाँको विकास बिना पोखराको विकास सम्भव नभएको समेत थापाले दावी गरेका छन् । ‘पोखरामा निर्माणाधीन विमानस्थलको प्रवेश पनि लेखनाथ र यातायाताका साधान प्रवेश पनि पूर्व बाटो लेखनाथ नै भएकाले विकासको सुरुआत पनि लेखनाथबाटै हुन्छ ।’ थापाले भने ।
सोही अवसरमा प्रमुख पदका उमेद्वार थापले आफुले पाएको सेवा सुबिधा नलिने घोषणा गरेका छन् । ‘उक्त सेवा सुविधा आम नागरिकको सेवामा लगाउने छु ।’ थापाले भने । थापाले आफूले घोषणापत्र अक्षरता पालना गर्ने भन्दै अहिलेको गठबन्धन कागजको गठबन्धन भएको बताएका छन् ।
कार्यक्रममा उपमेयर पदका उम्मेदवार मञ्जुदेवी गुरूङले अबको जित एमालेको भएको र महिलाको हक हितको काम एमालेले मात्रै गर्ने सक्ने बताएकी छिन् ।
कार्यक्रममा नेकपा एमाले संगठन बिभाग प्रमुख खगराज अधिकारीले जसरी भए नेकपा एमालेलाई जिताउ सबै लाई अनुरोध गरेका छन् । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य पुष्प ज्योति ढुगांना लगायतले विकासको आधार एमाले भएको दावी गरे ।
कार्यक्रममा पोखरा २६ का वडा अध्यक्षका उमेद्वार सूर्यनाथ भण्डारी सदस्यमा धुर्व थापा, बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारको परिचय गरेका थिए । कार्यक्रममा नेकपा एमाले वडा २६ को वडा अध्यक्षले ५० बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो