पोखरा महानगरपालिका मेयरका उम्मेदवार धनराज आचार्यले महानगरको व्यवस्थापन उल्टो बाटोमा हिँडेको बताएका छन् । गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार दिएका उनले उल्टोबाटोमा हिडेको महानगरको व्यवस्थापनलाई सुल्टो बाटोमा ल्याउन १ महिनाभित्र सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानगरमा पार्टी कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्दा ड्युटीफुल गर्ने काम भएको तर सुशासन नदेखिएको बताए । हामीलाई थाहा छ हाजिर गर्ने र कामनगर्ने कर्मचारीहरु महानगरमा छन् । ड्युटीफुल त भयो अब हामी व्युटिफुल ड्युटी बनाउने छु’ उनले भने,’ हामी त्यहाँ भएका कर्मचारीलाई निकाल्छौ भनेका छैनौ तर, राइट पर्सन राइट प्लेस गर्नेछौ ।’ उनले पोखरा पर्यटकीय सहर भएकाले सुरक्षाको प्रत्याभुतहुने गरि २४ सै घण्टा पर्यटकीय क्षेत्र खुल्ला गर्न पहल गर्ने बताए ।
उनले मुख्य सहर, सहर उन्मुख र पहाडलाई तीन चरणमा बाडेर विकासको अवधारणा अघि बढाउने बताए । उनले शीर्ष नेताले दिएको चुनौतीलाई आफूले अवसरको रुपमा लिएको र म नभनेर हामीबनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पुर्वाधार मध्यको सबैभन्दा पहिला बाटो रहेको र बाटो पुगे विकासको दियो बल्ने बताए । त्यसपछि बिजुली र शुद्ध खानेपानी पु¥याउन अभियान चलाउन आवश्यक भएको बताए ।
३३ वटै वडामा विज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गरे । वडामा मेट्रो अस्पताल बनाउने र पोखराका हरेक वडामा बसपार्क बनाउने साथै पृथ्वी चोकमा रहेको बसपार्कलाई २ वर्षमानै सिटि बसपार्क बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिक विद्यालयमा सबै सेवा हुँदाहुँदै पनि शिक्षाको गुणस्तरमा प्रश्न उठाउन आवश्यक रहेको र निजि विद्यालयसंग साझेदारी गर्ने बताए ।
उपमेयर उम्मेदवार कोपिला रानाभाटले वडा ३३ मा विकासका आधारभुततत्वको समेत सुधार नभएको बताइन् । उनले उपमेयरको अधिकार विषेशगरी न्यायिक समिती र पुर्वाधार संरचना अनुगमन रहेकाले वडा ३३ मा न्यायीक समिती ल्याउने बताइन ।
उनले अघिल्लो जनप्रतिनिधिले न्यायीक समितीले वडा ३३ लाई बेवास्ता गरेको अब त्यसो नहुने उनले बताइन् । भौगोलिक र मतदाताका हिसाबले ठूलो वडा रहेकाले यो वडा अबका दिनमा भाग्यमानी साबित हुने उनको भनाइ रहेको छ ।
नेपाली कांग्रेस क्षेत्र २ का अध्यक्ष केशव प्रसाद पौडेल (निर्दोषि), वडा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एसका पोखरा नगर अध्यक्ष मुक्ति पौडेल, नेकपा माओवादी केन्द्र हरिनारायण गिरी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि