पोखरा । यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाललेको तर्फबाट पोखरा महानगपालिकाको मेयरको प्रत्यासि कृष्ण थापाले पोखरेली जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटि पोखरा १७ द्धारा विरौटामा आयोजित उम्मेदवार परिचय एवम् वृहत आमसभामा बोल्दै उनले सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने विश्वास व्यक्त गरे ।
नेकपा एमाले स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री खगराज अधिकारीले परमादेशबाट बनेको गठबन्धन सरकार विकास विरोधी भएको बताए ।
गठबन्धनलाई नेपाली जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनमा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई संगठित भएर अघि बढ्न आग्रह गरे ।
उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले महानगरले पाँच बर्षको अवधिमा विकास न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिंदै आएको बताइन् । खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले सम्पन्न भएको कार्यको निरन्तरता र अधुरा योजना सम्पन्न गर्नका लागि पार्टीले आफुलाई पुन उपमेयरको रुपमा अघि बढाएको स्पष्ट पारिन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले मुलुकको स्वाधिनता र आर्थिक समृद्धिका लागि सूर्यध्वजावाहक उम्मेदवारलाई विजय गराउनु पर्ने आवश्यकता औल्याइन् ।
पोखरा १७ का वडाअध्यक्षका उम्मेदवार राधिका शाही योगीले निर्वाचन प्रतिवद्धता पत्रका आधारमा विकास निर्माणका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै महिला सशक्तिकरणमा जोड दिइने विश्वास व्यक्त गरिन् । उनले पोखरा १७ मा एमालेको पक्षमा जनलहर देखिएको भन्दै यसपटक पनि वडा नं. १७ मा एमालेकै नेतृत्व आउने बताइन् ।
पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले वडामा पाँच बर्षको अवधिमा चार अर्व भन्दा बढीको विकास निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।
एमाले वडा नं. १७ का अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश उपसचिव रश्मि आचार्य, वडाका उपाध्यक्ष लालबहादुर राना, उपसचिव उत्तम सिग्देल लगायतले विजय हासिल गर्न संगठित भएर निर्वाचन केन्द्रीत हुनु पर्नेमा जोड दिए ।
सम्बन्धित खबर
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब