पोखरा। एमाले पोखरा -१५ का अध्यक्ष पदका प्रत्यासी तोरण बहादुर बानियाँले आफ्ना प्रतिस्पर्धीको तस्बिर सार्वजनिक गर्दै आफूहरुबीच एक आपसमा मित्रता र सद्भाव रहेको बताएका छन्।
बानियाँले सामाजिक संजाल फेसबुक मार्फत पोखरा -१५ को नेतृत्व लिन अगाडि बढेका ‘आदरणीय अग्रज व्यक्तित्व’ भन्दै राप्रपाका चित्र बहादुर भण्डारी र काँग्रेसका मिन बहादुर गिरीसहितको तस्बिर राखेर उक्त कुरा बताएका हुन्।
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा वडा नं -१५ बाट तीनै जनाले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
नेकपा एमालेको बलियो पकड मानिएको वडा नं -१५ मा यसपाली नेपाली काँग्रेस, एकिकृत समाजवादी र माओवादी लगायतका दलले गठबन्धन गरेका छन्। यद्यपी, सहयोगी भावना, मृदुभाषी, सरल व्यवहार र स्वच्छ छवीका कारण समाजमा बेग्लै पहिचान बनाईसकेका युवा नेता बानियाँलाई पार्टी नभई व्यक्ति हेर्नुपर्ने भन्दै यसपाली वडाको नेतृत्व उनलाई नै दिनुपर्नेमा अधिकांश वडावासीको मत रहेको छ।
सम्बन्धित खबर
कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल